Home Login
पोर्चुगल

पोर्चुगलमा आप्रवासीहरूको उग्र व्यवहारले सामाजिक सञ्जाल तताउँदै

पोर्चुगल (लिस्बन) — ‘हाम्रा महिलालाई सम्मान नगर्ने देश र संस्कृतिबाट आएका यी अनियन्त्रित आप्रवासनका मुख्य पीडित हुन्’ । ‘यो दिगो छैन, पोर्चुगल बचाउनुहोस्’ ।यो नारा पोर्चुगलको तेस्रो ठूलो राजनीतिक दल, सेगा पार्टीको आधिकारिक फेसबुक पेजमा हालै सार्वजनिक गरिएको एक भिडियोमा प्रयोग गरिएको छ । यो भिडियो र यसको सन्देशले पोर्चुगलमा आप्रवासन, महिला सुरक्षा र बढ्दो राजनीतिक ध्रुवीकरणबारे गम्भीर बहस सिर्जना गरेको छ ।

केही हप्ता अघिदेखि नै सामाजिक सञ्जालमा चर्चामा रहेको उक्त भिडियोले आप्रवासी समुदाय, विशेषगरी फरक सांस्कृतिक पृष्ठभूमिबाट आएकाहरूलाई लक्षित गरेको छ । भिडियोले स्पष्ट रूपमा आप्रवासनलाई महिला विरुद्ध हुने अपराधसँग जोड्न खोजेको छ । सेगा पार्टी, जुन आफ्नो दक्षिणपन्थी, राष्ट्रवादी र आप्रवासी-विरोधी नीतिका लागि परिचित छ, यो भिडियोमार्फत पोर्चुगलमा ‘अनियन्त्रित आप्रवासन’ ले राष्ट्रिय सुरक्षा र सामाजिक संरचनामा खतरा पैदा गरेको तर्क प्रस्तुत गरेको छ ।

पार्टीका अध्यक्ष आन्द्रे भेन्तुराले बारम्बार आप्रवासनसम्बन्धी कडा नीतिको वकालत गर्दै आएका छन् । उनको पार्टीले आप्रवासीहरूलाई सामाजिक समस्या र अपराध वृद्धिको कारणको रूपमा चित्रण गर्ने गरेको छ, जसले गर्दा पोर्चुगिज समाजमा यसले तरंग पैदा गरेको छ ।

Leave a Reply