रोम, इटाली — सन् २०२४ मा इटाली युरोपमा यात्रा गर्न चाहनेहरूका लागि प्रमुख गन्तव्यको रूपमा रह्यो, जसले १० लाखभन्दा बढी शेन्जेन भिसा आवेदनहरू प्राप्त गर्यो । इटालीले कुल १ करोड २ लाख ३३ हजार ३ सय १६ आवेदनहरू प्राप्त गरेकोमा १ करोड ९८ हजार ९ सय ९९ आवेदनहरू स्वीकृत गर्यो भने १ लाख ३४ हजार ३ सय ३ आवेदनहरू अस्वीकृत गर्यो । यस तथ्याङ्कले इटालीको भिसा स्वीकृति दर ८९.११ प्रतिशत र अस्वीकृति दर १०.८९ प्रतिशत रहेको देखाउँछ, जुन शेन्जेन क्षेत्रको औसत अस्वीकृति दर १४.८ प्रतिशत भन्दा कम हो ।
यो उच्च स्वीकृति दरले इटालीलाई विश्वभरका पर्यटक, व्यवसायी र विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गरेको छ । यद्यपि, १ लाख ३४ हजारभन्दा बढी आवेदनहरू अस्वीकृत हुनुले भिसा आवेदन प्रक्रियामा ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरूलाई पनि उजागर गर्दछ ।
मुख्य तथ्याङ्कहरू :
कुल आवेदन : १ करोड २ लाख ३३ हजार ३ सय १६ स्वीकृत आवेदन : १ करोड ९८ हजार ९ सय ९९ (८९.११ प्रतिशत) अस्वीकृत आवेदन : १ लाख ३४ हजार ३ सय ३ (१०.८९ प्रतिशत)
सन् २०२४ मा इटालीमा शेन्जेन भिसाका लागि आवेदन दिने प्रमुख राष्ट्रहरूमा चीन, रुस, टर्की, भारत र साउदी अरेबिया रहेका छन् । यी देशहरूबाट ठूलो संख्यामा पर्यटकहरू र व्यवसायीहरू इटाली भ्रमण गर्न इच्छुक रहेको देखिन्छ ।
इटालीले ठूलो संख्यामा भिसा आवेदनहरू कुशलतापूर्वक व्यवस्थापन गरिरहेको भए तापनि केही चुनौतीहरू पनि देखिएका छन् । उदाहरणका लागि, बंगलादेश जस्ता देशहरूमा भिसा प्रक्रियामा ढिलाइ भएको गुनासो आएपछि इटालीको परराष्ट्र मन्त्रालयले यसलाई समाधान गर्न कदम चालेको थियो । यसले इटाली सरकार आफ्नो भिसा प्रक्रियालाई सुव्यवस्थित र पारदर्शी बनाउन प्रतिबद्ध रहेको देखाउँछ ।