पोर्चुगल — रोजगारीको सिलसिलामा पोर्चुगलमा कार्यरत दोलखाका एक नेपाली युवाको असामयिक निधन भएको छ । दोलखा जिल्ला, तामाकोशी गाउँपालिका, साविक च्यामा गाविस वडा नम्बर ६ निवासी ३२ वर्षीय अर्जुन आपागाईको गत आइतबार, १० अगस्ट २०२५ का दिन निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार, उहाँको निधनपछि हाल शव पोर्चुगलको बेजास्थित अस्पताल (Hospital de Beja) मा राखिएको छ । विदेशमा अचानक भएको यस दुःखद घटनाले परिवार र पोर्चुगलमा रहेका नेपाली समुदाय स्तब्ध भएका छन् ।
स्वर्गीय आपागाईको शव व्यवस्थापनका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेकोले उहाँका भाइ शिव जी आपगाईले सहयोगका लागि समस्त पोर्चुगलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र अन्य सहयोगी मनहरूमा हार्दिक अपिल गर्नुभएको छ ।
एक परदेशीले विदेशमा ज्यान गुमाउँदाको पीडा र त्यसपछिको प्रक्रियागत झन्झट तथा आर्थिक भार परिवारको लागि असह्य हुने गर्दछ । यस्तो शोकको घडीमा मृतकको आत्माको चीर शान्तिको कामना गर्दै र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै सहयोगी मनहरूले सकेको सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
सहयोग गर्न चाहनुहुने महानुभावहरूले मृतकका भाइ शिव जी आपगाईको नाममा रहेको निम्न बैंक खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ :
बैंक खाता विवरण: Bank Account Number (IBAN): PT5000070000066112455023
यस दुःखद घडीमा तपाईंहरूको सानो सहयोगले पनि आपागाई परिवारलाई ठूलो राहत मिल्नेछ । पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरूलाई पनि यस अभियानमा ऐक्यबद्धता जनाई सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।