नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले आयोजना गरेको विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमका लागि चर्चित गायिका रचना रिमाल पोर्चुगल आइपुगेकी छिन् । युरोपको सांगीतिक टुरमा रहेकी रिमाल आज (अगस्ट १७, आइतबार) बिहान लिस्बन आइपुगेकी हुन् ।
आजै लिस्बनको लुमियारस्थित राधाकृष्ण मन्दिरमा आयोजना हुने कार्यक्रम बेलुका ४ बजेदेखि सुरु भई राति १० बजेसम्म चल्ने आयोजक समाजका अध्यक्ष सज्जन हमालले जानकारी दिनुभयो । कार्यक्रममा रिमालको विशेष प्रस्तुति रहनेछ ।
गायिका रिमालका साथै कार्यक्रममा स्थानीय कलाकारहरू गायिका गीता रेउले, गायिका सरिता कुँवर, गायक सागर शाह तथा गायक फणीन्द्र ठकुरीको पनि सांगीतिक प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई थप सांगीतिक बनाउनेछ ।
आइतबार बिहान लिस्बनमा गायिका रिमाललाई स्वागत गर्न ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल, युरोपाटी डट कमका सम्पादक पुस्तक रेग्मी लगायत समाजका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आयोजक ठकुरी समाजले पोर्चुगलमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई कार्यक्रममा उपस्थित भई तीजको शुभकामना आदानप्रदान गर्न, दर खान र सांस्कृतिक कार्यक्रममा रमाउन हार्दिक अनुरोध गरेको छ ।