माल्टा । जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौँ लाख रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- ( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु ६,०८,००० /- (अक्षेरुपी छ लाख आठ हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भएका लक्ष्मी श्रेष्ठ पक्राउ परेकी छन् ।
श्रेष्ठलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।