पोर्तुगलमा बेरोजगारी रहेर काम खोज्दै हुनुहुने साथीहरुको लागि विशेष

बेरोजगार रहेर काम खोज्दै गर्नुहुने साथीहरू ले कामको लागि कम्पनी हरुमा सम्पर्क गर्दा वा त्यहाँ जादा भाषा अनि काम संबंधित अनुभव को समस्या भएको देखियो “त्यो साहुले अङ्ग्रेजी बोल्दैन ‘मलाई त्यो काम सम्बन्धी अनुभव छैन’ भन्ने feedback आउने र काम पाउन असहज भएको छ, त्यसकारण कामको लागि निवेदन वा अन्तर्वार्ता दिन जादा निम्न कुरा हरुमा ध्यान दिनुहोला ।

1. सकेसम्म ब्यावसायिक कामहरु सिक्नुहोस अनि भाषा बोल्ने कोसिस गर्नुहोस्, ईन्टरनेट मा फेसबुक चलाउने टिकटक, लाइव भिडियो गर्ने, साथीहरू सङ्ग अनावश्यक कुराकानी गरेर टाइम पास गर्ने समय लाई सदुपयोग गरेर बरु भाषा संबंधिका कुरा हरु नेट, युट्युब बाट सिक्नुहोस ।

2. बैधानिक कागजपत्र जस्तैः लिगल इन्ट्री,जुन्ता, फिनान्स,सोसियल, बैंक अकाउन्टका साथै आफ्नो ब्याक्तिगत अनि कामको अनुभवहरु खुल्ने गरि Europass अनलाइन साइट बाट बाइयोडाटा बनाएर PDF file download गर्नुस् अनि फोटोकपि पनि गरि चाहिएको बखत मा उपलब्ध हुने गरि फाइलिङ्ग गर्नुहोस् ।

3. Net emprego, OLX PT जस्ता अनलाइन साइट हरुमा पोष्ट भएका कामहरु जो तपाइँको लागि उपयुक्त छ त्यसको खोजी गरि दिइएको सम्पर्क नम्बरमा सम्पर्क गरेर वा ठेगाना मा गएर आफ्नो CV छोड्नुहोस ।

र अन्तिममा कत्तिपय कम्पनी वा रेस्टुरेन्ट मा जादा CV छोडेर जानू हामी पछि सम्पर्क गर्छौ भन्छन् , त्यसो भन्यो भनेर खुरुखुरु नफर्किनु बरु त्यही पर्खिनु सकेसम्म त्यहाँ को मेनेजर लाई भेट्छु भन्नू.. मेनेजर लाई भेटेर अनुरोध गर्नु कि “मलाई सिर्फ 2/3 घन्टा काम देखाउने मौका दिनुस,… मन परे राख्नुस नपरे नराख्नुस, त्यस बापत मलाई केही दिनु पर्दैन, भन्नुस् … यसो गर्दा उनीहरु लाइ पनि लाग्छ कि तपाईं पक्का काम नै गर्न आउनुभएको हो,…सोच्ने छन् कि  “स्मार्ट रहेछ केही दिन काम सिकाउदा सिक्न र गर्न सक्छ”, र 2/3 घन्टा काम देखाउनु भयो भने तपाईं लाई त्यसै फर्काउन पनि उनीहरुको मन ले मान्दैन ।

यसो गर्नुभयो भने सकेसम्म काम पाउने चान्स हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *