पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ ।
नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा प्रदर्शन हुने भएको छ ।
‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा सामाजिक राजनीतिक विषयमा केन्द्रित रहेको छ ।
रौनक विक्रम कडेल निर्माता रहेको सिनेमामा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।