काठमाडौँ । नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् ।
तेन्जिङ भन्छन् , अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले तेन्जिङले यस अभियानमार्फत जनचेतना जगाउन गरेको प्रयासको प्रशंसा गरेका छन् । मन्त्री तामाङले तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन जनाएका छन् ।
सोलुखुम्बुका बासिन्दा तेन्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।
Please follow and like us: