उडानको र्‍याप गीत ‘युरोपको पानी’ सार्वजनिक

‘हो हामी नेपाली हाम्रो लिस्बनको , हो दामी नेपाली हाम्रो लिस्बनको’

पोर्तुगल । अहिले युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशमा पनि यो शब्द निकै नै भाइरल भइरहेको छ। विशेषगरी अहिले म्युजिक भिडियो अथवा गीतहरुलाई भाइरल गराउन टिकटकको निकै नै आवश्यकता परेको देखिन्छ ।

नेपाली गीत संगीत एकपछि अर्को गर्दै नेपालमा मात्र नभएर विदेशमा पनि निकै नै रोचक बन्दै आइरहेको छ। प्रदेश आएपछि कमाउनुपर्ने बाध्यतालाई हटाउँदै उडानले आफ्नो पछिल्लो समयको “युरोपको पानी”  र्‍याप गीत सार्वजनिक गरेका छन्।

नेपालको झापा दमकमा जन्मेका उडान विगत केही वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आइरहेका छन्। शब्द संगीत र स्वर आफ्नै रहेको यस  र्‍याप गीतमा उनले म्युजिक भिडियोको निर्देशन पनि आफैले नै गरेका छन्। उडानलाई यस  र्‍याप गीतमा श्रीयस थापा मगरले साथ दिएकी छिन् ।

विगत दुई वर्षदेखि पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उडान विसं २०१७ सालदेखि यस म्युजिक इन्डस्ट्रीमा आबद्ध भएर काम गरिरहेका छन्।

‘सहारा सुपरबकको दुखे भुल्न गाह्रो , सँगैको साथी पनि वास्तै लाग्न छाडो , चिसोमा दुई बोतल भगाइदिन्छ जाडो, लिस्बनको भ्यु दामी ग्रासाको डाँडो’।

उडानको गीतमा पोर्चुगलमा थुप्रै नेपालीहरू आइसकेपछि उहाँहरुले यहीँ देशमा आएर यहीँ देशको बेइज्जत गरिरहेको कुरालाई गीतको म्युजिक भिडियोमा देखाइएको छ।

यस गीतमा प्रदेश आइसकेपछि दुःख पीडा सम्झेर कमाउनुपर्नेमा हाम्रो नेपाली दाजुभाईहरू रमाइरहेको हुदाँ अहिलेको नेपाली समाजलाई दुरुस्तै यस गीतमा उतारेको देख्न सकिन्छ।

उडान कर्मभूमि पोर्चुगलमा विगत दुई वर्षदेखि बसोबास गर्दै आइरहे पनि उनले गीत संगीत मार्फत दर्शकहरूलाई नचाइरहेका छन्।

परदेशी भूमि पोर्चुगलमा सांगीतिक कार्यक्रमहरू भइराख्दा खेरि उडानले पनि आफ्नो प्रस्तुति दिइरहेको हामीले देख्न पाइरहेका छौं ।

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *