फेरि पोर्चुगलमा प्रदर्शन हुदै महाजात्रा

ad1 ad1

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३० तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल २९ सोमबार र ३० मंगलबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ ।

चलचित्र महाजात्रा पहिलो पटकको पनि प्रदर्शनमा पनि पोर्चुगलको राजधानी लिस्बोनमा हाउसफुल भएको थियो। यो चलचित्र महाजात्रा दोस्रो पटक पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुन लागेको हो।

चलचित्र महाजात्रा दोस्रो पटक पनि पोर्चुगलमा हाउसफुल नै हुने नेप्स इन्टरटेनमेन्टले अपेक्षा गरेको छ ।

पोर्तुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरिसकेका छन् । समीक्षकले पनि उनको ‘जात्रा’ शृङ्खलालाई रुचाए ।

नेपालमा बन्ने गरेको सिक्वेलमा संवत ‘जात्रै जात्रा’ जत्तिको प्रसंशा कमै फिल्मले पाएका छन् । यसले अन्तर्राष्ट्रियबजार विस्तारसँगै बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यस चलचित्रमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *