पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुदै चलचित्र : बोक्सीको घर

पोर्तुगल । नेपालमा बैशाख १४ गतेदेखि प्रदर्शन भएको   चलचित्र बोक्सीको घर अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मे १९ तारिख बाट प्रदर्शन हुने भएको छ।

पोर्चुगलको राजधानी लिस्बनमा मे १९ आइतबार ,२० सोमबार ,२१ मंगलबार र बुधबार २२ तारिख  प्रदर्शन हुने भएको हो । चलचित्र बोक्सीको घर बेलुकी ९:१५ को शो रहेको छ ।

  “जुन जस्ती रे फुल जस्ती रे ! कन्चन खोला झरनाको मुल जस्ती रे “ !!

सामाजिक कुरीति विरुद्दको हालसम्मकै सशक्त सन्देशमुलक नेपाली चलचित्र बोक्सीको घर पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि प्रदर्शन हुने भएको छ।


पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र बोक्सीको घरको टिकट शुल्क १२.५० युरो रहेको छ।

पोर्तुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

टिकटको लागि नेप्स इन्टरटेन्मेन्टको https://www.nepsentertainment.com वेबसाइटमा गएर पनि तपाईँले टिकट लिन सक्नु हुनेछ वा तल दिएको सम्पर्क नम्बर +351-920283319 मा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय रहेको छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *