युरोपाटीका सम्पादक पुस्तक रेग्मी पत्रकार महासंघ युरोप शाखाको सदस्यमा चयन 

युरोप । मे १ तारिख नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं महाधिवेशन सम्पन्न भएको छ।

उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेक्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्।

रेग्मी विगत ६/७ सालदेखि यस पत्रकारितामा आबद्ध रहेर काम गर्दै आइरहेका छन्। उक्त अधिवेशनबाट अध्यक्ष केजिन राई सहित उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश  गौतम(साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा भोला लामिछाने(स्पेन),वाइबी गुरुङ(डेनमार्क),कमल पराजुली(स्पेन),किशोर सुब्बा(पोर्चुगल), सन्जु काउछा(फिनल्यान्ड),दिपक भण्डारी(पोर्चुगल),बिनोद अधिकारी(क्रोएसिया),दिपक खतिवडा(पोर्चुगल),जसमान दर्नाल(जर्मनी), प्रकाश बगाले(माल्टा),पुस्तक रेग्मी(पोर्चुगल),लाक्पा तेन्जी शेर्पा(रोमानिया),धनराज विक(माल्टा),जनक बराल(बेल्जियम),नवराज दवाडी(पोर्चुगल),सेन्छेलुङ पतङ्वा(जर्मनी), बलराम राइ( पोर्चुगल) कमल पन्थी( हंगेरी)माधव पोखरेल(इटाली), घनश्याम गौतम(स्पेन), सुभाष चाम्लिङ(बेल्जियम), तुलसा घिमिरे(पोर्चुगल), सर्मिला गुरुङ ठकुरी(पोर्चुगल),अमृता राई (रोमानिया), मनि तमु रहेका छन् ।

रेग्मी कर्मथलो पोर्चुगलमा बस्दै विगत दुई सालदेखि पोर्चुगल बसेर आफ्नो पत्रकारितालाई निरन्तर दिँदै अघि बढिरहेका छन्।

उनी २०२४-२०२७ कार्यकालका लागि सदस्य पदमा नियुक्त भएका हुन् ।

उनीले युरोपाटीलाई दिएको जानकारी अनुसार ,उनले आफ्नो पदको सही जिम्मेवारी पूर्वक काम गर्ने बताएका छन्।

उनले नेपालमा थुप्रै मिडियामा काम गरेता पनि अहिले खोजीमूलक पत्रकारितालाई अगाडि बढाउँदै अहिले उनले आफ्नै युरोपाटीमा सम्पादन गर्दै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *