दाङका युवाहरू द्वारा ‘दाङ स्पोर्ट्स क्लब’ गठन

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ।

आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्।


त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका छन् भने सह-कोषाध्यक्षमा सरद पाण्डे निर्वाचित भएका छन्।क्लबको टिम मेनेजरमा सेवक बि.सी,कप्तानमा केबल डिसी र नदन ओली सर्वसम्मत चयन भएको जानकारी दिइएको छ।

क्लबको सल्लाहकारहरुमा हेमन्त केसी,चन्द्र डागी,चुर्ण ब.खड्का ,रमेश परियार,सन्तोष केसी,सन्जय योगी र सुनील पोख्रेल चयन भएका छन्।प्रेस सल्लाहकारको जिम्मेवारी  पुरुषत्तम अधिकारी र प्रदिप खड्कालाई दिइएको क्लबले जनाएको छ।

पोर्चुगलमा भिन्न,पृथक र नमुना कार्य गर्ने उद्देश्यले क्लब गठन गरिएको क्लबका अध्यक्ष शिवसागर बुढाथोकीले युरोपाटीलाई जानकारी दिए। सामाजिक क्षेत्रमा सक्रिय र चलायमान गराउन कुनै कसर बाकी नराख्ने अध्यक्ष बुढाथोकीको प्रतिवद्धता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *