युरोपमा नेपाली गीत-संगीतको चर्चा : कुन गीत-संगीतलाई दर्शको बढी माया ।

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने नेपालमा मात्र नभई विदेशमा पनि एकदमै बढी दर्शकहरुको माग भइरहेका छ ।

आफ्नो देश स्वदेशमा त यत्तिकै प्यारो भइहाल्छ नि  तैपनि प्रदेशमा पनि अहिले नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरु एकदमै धेरै मात्रामा भएको पाइन्छ ।

अहिले युरोपमा नेपाली गीत संगीतलाई माया गर्ने विशेषगरी नेपाली रेस्टुरेन्ट, पसलहरूतिर नेपाली लोकदोहोरी गीतहरु घन्किरहेको हामी सुन्न सकिन्छ।

अहिले विदेशमा नेपाली गीतसंगीत कुन चाहिँ गीत बढी दर्शकले मन पराइरहेका छन् अथवा विशेषगरी युरोपमा नेपालीले कुन चै गीतहरु बढी मात्रामा सुनिरहेका छन् ,हामी त्यस विषयमा समाचार सम्प्रेषण गरेका छौं ।

करिब दुई हप्ताअघि मात्रै अर्जुन सापकोटाले ल्याएको   बस्यौ अलक्कै गीतले अहिले युरोपमा एकदमै चर्चा बटुलिरहेको छ।

हामीले यो समाचार सम्प्रेषण गर्दै गर्दा गीत सर्बजनिक भएको दुई हप्तामा युट्युबमा १४ लाख दर्शकले हेरिसक्नु भएको छ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले करिब १० दिन अगाडि बजारमा ल्याउनु भएको गीत “ए आमा जाम भन्यो मलाई” गीतले अहिले युरोपमा एकदमै चर्चा बढिरहेको छ।

हामीले यो समाचार सम्प्रेषण गर्दै गर्दा अहिले रिता थापा मगरको युट्युबमा १७ लाख दर्शकले हेरिसक्नु भएको छ। यो गीत गायिका थापाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

यस्तै करिब आठ दिनअघि मात्रै सार्वजनिक भएको गायक खेम सेन्चुरीको गीत “तल्लो बाटो” अहिले युरोपमा एकदमै चर्चा बटुलिरहेको छ।

तल्लो बाटो गीतलाई अहिले युट्युबमा हामीले समाचार सम्प्रेक्षण गर्दै गर्दा १६ लाख दर्शकको नजर परिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *