सुदूरपश्चिमी समाज र नवलपुर समाज पोर्चुगल बीच मैतीपूर्ण खेल सम्पन्न ।

लिस्बन । आज जुन २३ आइतबार युरोपेली मुलुक पोर्चुगलमा सुदूरपश्चिमी समाज पोर्चुगल र नवलपुर समाज पोर्चुगल बीच मैतीपूर्ण खेल सम्पन्न भएको छ ।

पोर्चुगलको राजधानी लिस्बन olaias मा भएको खेलमा सुदूरपश्चिम समाज पोर्चुगलबाट उत्कृष्ट खिलाडीमा दिपेन्द्र ठगुन्ना भएका नवलपुर समाज पोर्चुगलका महासचिव अनन्त तिवारीले जानकारी दिए ।

नरेश भाट ,प्रेम बुढापृथी, दिपेश बिष्ट र अनन्त तिवारीको उत्कृष्ट खेल समेत रहेको थियो।खेल हेर्न आउने दर्शकहरू पनि निकै उत्साहित थिए।

आगामी दिनमा यसभन्दा अझै उत्कृष्ट खेलहरू प्रदर्शन गर्ने नवलपुर समाज पोर्चुगलका महासचिव अनन्त तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *