ताप्लेजुङ्ममा पचास लाख लागतमा ‘धान नाच प्रतिमा’ निर्माण गरिदै

किराँत याक्थुङ चुम्लुङ इजरायलको पहलमा ताप्लेजुङ्ममा पचास लाख लागतमा ‘धान नाच प्रतिमा’ निर्माण गरिदै ।


किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा ताप्लेजुङ जिल्ला फुङलिङ नगर पालिका ७ तोक्मे बजारमा पचास लाख लागतमा “धान नाच प्रतिमा” निर्माण गरिने भएको छ ।

आउदो भदौ अन्तिम सम्ममा निर्माण सम्पन्न गरिने उक्त “धान नाच प्रतीमा” संसारमै प्रख्यात उच्च कोटी को धातु (Bronze) कांसबाट लम्बाई ६/६.५  उचाइको निर्माण हुने प्रतीमा को काम सुरु भई सकेको किरात याक्थुङ चुम्लुङ इजरायकी अध्यक्ष नुमा काङभा बखीमले बताएकी छन् ।

याक्थुङ/ लिम्बु जातिको ऐतिहासिक साँस्कृतिक स्थल मानिएको उक्त ठाँउमा  साँस्कृतिक परम्परालाइ जिवित राख्न,र त्यस ठाउँको इतिहासलाइ लोप हुन नदिन किरात याक्थुङ चुम्लुङ, इजरालले आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुइ महिला र दुइ पुरूष धान नाचिरहेको प्रतिमा निर्माण गर्ने निर्णय लागेको बताईएको छ 

पाँच फिट उचाइको पिलरमा रहने प्रतिमाको पृष्ठभुमिमा आर्टिफिसियल फक्तालुङ, मुकुम्लुङ, स्टिल बार बाउण्ड्री, ढुंगा बिच्छ्याउँने, आराम गर्नका लागी  बेन्चहरू राख्ने, फुल रोप्ने साथै   बगैंचा समेत रहने किरात याक्थुङ चुम्लुङ इजरायलले जनाएको  छ ।

उक्त प्रतीमा  निर्माण गर्न स्थानिय समाजसेवी कृतिमान मादेनको संयोजकत्वमा किरात याक्थुङ चुम्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्यीय  निर्माण समिति गठन गरीएको छ भने उक्त कार्य किरात याक्थुङ चुम्लुङ केन्द्र र जिल्लाको निगरानी रहनेछ । कांसको ४ याःलाङ् (धान नाच) प्रतिमा बनाउँन राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव भएका मुर्तिकार पुर्ण वनेम लिम्बुको अगुवाइमा ४ कालिगढहरू रहनेछन ।

धान नाच  प्रतीमालाई किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्लाकी अध्यक्ष इन्दिरा मेन्याङबो मादेनको अध्यक्षतामा गत जेठ ६ गते बसेको बैठकले  “ताक्वाचङ (तक्मा) याराक्मा तेन” राख्ने निर्णय गरेको र निर्माण समिति त्यसै गरि अनुगमन समिति पनि गठन गरेको छ बताईएको छ 

पूर्वका लिम्बू बाहुल्य जिल्ला तेह्रथुम , पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ्  र सङ्खुवासभालगायत जिल्लामा लिम्बु जातीको बाहुल्यता रहेको र लिम्बुहरुको संस्कार संस्कृतिलाई संरक्षण र संवर्द्वन गर्न उक्त प्रतीमा निर्माण गरिन लागेको किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष नुमा काङभा  बखिम बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *