नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन सम्पन्न ।

युरोप । नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट संजय भक्त कंडेलको नेतृत्वमा प्रेस युनियन युरोपको नयाँ कार्यसमिति चयन भएको हो ।

नेपालका सबै जिल्ला र प्रदेशमा संरचना विस्तार गरिसकेको युनियनले युरोपलाई प्रदेश स्तरमा स्वीकृती प्रदान गर्दै अधिवेशन गरेको हो ।

आरके त्रिपाठीको संयोजकत्वमा बनेको निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि युनियन केन्द्रका उपमहासचिब युवराज गौतमको रोहवरमा वरिष्ठ उपाध्यक्ष एक सहित तीन उपाध्यक्ष, एक महासचिव, एक एक जना उपमहाचिव र सचिव एवम एक कोषाध्यक्ष चयन गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, युनियन अध्यक्ष शिव लम्साल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्य लगायतले अधिवेशनमा सम्बोधन गरेका थिए ।

युनियनको विधानमा भएको व्यवस्था अनुसार विदेश शाखा विस्तार सुरु गरेको उपमहासचिव गौतमले जानकारी दिए । युके अधिवेशनका लागि पनि दबाब बढाएका छौं, अष्ट्रलिया र अमेरिकामा पनि शाखा विस्तारको तयारीमा छौं । युनियनलाई विश्वभर संगठित गर्ने इच्छा छ सोही अनुसार काम गरिरहेका छौं,’केन्द्रीय अध्यक्ष शिव लम्सालले भने ।

कंडेलकै सक्रियतामा तीन बर्षअघि युके शाखा विस्तार भएको थियो । यूकेमा विपिन निरौला संयोजक भएपनि तीनबर्षसम्म अधिवेशन गराउन सकेका छैनन् । तत्काल अधिवेशनका लागि तयारी गर्न केन्द्रले दबाब बढाएको छ ।

नयाँ कार्यसमितिहरुमा अध्यक्ष संजयभक्त कंडेल,वरिष्ठ उपाध्यक्ष सिदार्थविक्रम क्षेत्री,उपाध्यक्ष भरत प्रधान,उपाध्यक्ष सबिना श्रेष्ठ,उपाध्यक्ष बिकाश लम्साल,
महासचिव प्रबल भट्टराई,उप – महासचिव प्रतिक लामिछाने,सचिव मिलन शर्मा,कोषाध्यक्ष सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाई,आशिष बस्नेत,विजय शर्मा,पुस्तक रेग्मी,रोहन बानिया,नवराज काफ्ले,हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *