Home Login
क्रोएसिया

चलचित्र ‘एक्टरः टेक वान’ क्रोएसियामा प्रदर्शन हुदै

क्रोएसिया — युरोपेली मुलुक क्रोएसियामा चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख प्रदर्शन हुने भएको छ। उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो ।

क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ।

यस्तै उक्त चलचित्रलाई क्रोएसियामा नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए।

(क्रोएसियामा प्रदर्शन हुने चलचित्रको पोस्टर)

त्यस्तै उक्त चलचित्र क्रोएसियामा फेब्रुरी २३ तारिख आइतबारको दिन प्रदर्शन हुने भएको हो। उक्त चलचित्रको टिकट नेपाली थकाली हाउस, मार्केट बास्केट,  बुद्ध मार्ट, थोमस बार र लालिगुरास होस्टेल जाग्रेबमा पाइने भएको छ।

क्रोएसियाको जाग्रेबस्थित सेस्भेते युनिभर्सिटीको हलमा उक्त चलचित्र प्रदर्शन हुने भएको हो।

उक्त चलचित्र सम्बन्धी थप जानकारी चाहेमा तल दिएको सम्पर्क नम्बरमा +३८५ – ९५३९२८५६३ सम्पर्क गर्न समेत आयोजकले आग्रह गरेको छ।

Leave a Reply