Home Login
पोर्चुगल

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको पोर्चुगलमा हुने अडिसनको अन्तिम चरणमा

पोर्चुगल — अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स मेरो डान्स युनिभर्सको दोस्रो संस्करणको युरोप अन्तर्गत पोर्चुगलको राजधानी लिस्बानमा हुने अडिसनको तयारी पूरा भएको छ।

आगामी फेब्रुअरी १५ र १६ मा पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा आयोजना हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको हो ।

इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा आयोजित यस प्रतियोगितामा पोर्चुगलको लागि गायन र नृत्यतर्फ निर्णायकको भूमिका निर्वाह गर्न सुनाम, केशव पौडेल, रुपेश उप्रेती, र देवी गर्वुजा बुधवार लिस्बन आइपुगेका हुन ।

(निर्णायकको भूमिका निर्वाह गर्न केशव पौडेल, रुपेश उप्रेती, र देवी गर्वुजा बुधवार लिस्बन आएपछिको तस्वीर)

नेपाली सांस्कृतिक एकताको अभियान भन्ने मूल नाराका साथ उक्त दुई रियालिटी शोहरु हुन गइरहेको हो।

संसारका ५२ देशमा बसोवास गरिरहेका नेपालीको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले गर्दा अब दोस्रो सिजन आउने भएको हो।

अडिसन हुने स्थानहरु — 

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका झापाको दमक, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिने भएको छ।

(निर्णायकको भूमिका निर्वाह गर्न केशव पौडेल र रुपेश उप्रेतीलाई बुधवार लिस्बनमा स्वागत गर्दै)

सहभागी हुन चाहने प्रतिष्पर्धीले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि नेपालको राजधानी काठमाडौं लगिने छ। भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं लगिने छन्।

उक्त रियालिटी शोमा आबद्ध हुन कस्तो प्रक्रियाहरू छन् ?

दुबै शोका विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ। यो प्रतियोगितामा सहभागी हुनका लागि सबै प्रतियोगीहरु नेपाली मूलका हुनु अनिवार्य छ। प्रतियोगीहरु नेपालीभाषी हुनुपर्ने छ।

गैर नेपाली भाषीलाई यो प्रतियोगितामा समावेश गरिने छैन। दुबै प्रतियोगिताका लागि प्रतियोगीको न्युनतम उमेर १८ बर्ष पूरा भएको हुनुपर्ने छ। नेपालका लागि १६ बर्ष उमेर पुगेको ब्यक्ति सहभागी हुन पाउने छन्।

अडिसनको समयमा अडिसन स्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने छ ।आधिकारिकताको परीक्षण अडिसन स्थलमै हुने छ।

Leave a Reply