

माल्टा — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको माल्टास्थित इडेन सिनेमासमा मार्च १५ तारीख प्रदर्शन हुने भएको छ।
होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित कथावस्तुमा निर्माण भएको चलचित्र युरोपको माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०:४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले जनाएका छन् ।
चलचित्र हेर्नका लागि तीन जनाको समूहमा आउनेलाई १ जनाको छुट समेत हुने भएको हो । टिकट यस लिंक बाट समेत उपलब्ध रहेको मग्वार्ट प्रोड्क्सनले आफ्नो सामाजिक संजालबाट समेत जानकारी गराइसकेको छ।
उक्त चलचित्र नेपालसहित विभिन्न देशहरूमा समेत प्रदर्शन हुने निर्देशक सशान कँडेल सन्तोषले जानकारी दिए। पोस्टरमा प्रमुख चार पात्रलाई चित्रण गरिएको छ, जसमा आशिष घिमिरे, पारस बम ‘कुल ब्वाय’, रिहान गिरी र पदम तामाङ छन् ।
आशिष चर्चित अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’का छोरा हुन् । उनी यो फिल्मबाट डेब्यु गर्दैछन् । पारस बम सामाजिक सञ्जालका चर्चित कन्टेन्ट क्रिएटर हुन् । रिहान गायक तथा ‘भ्वाइस अफ नेपाल’को सिजन ५ का फाइनलिस्ट हुन् ।
फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायत कलाकारले पनि अभिनय गरेका छन् ।
माधव शर्माको पटकथा रहेको ‘होस्टेल’३ लाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शङ्कर कोइराला कार्यकारी निर्माता हुन् । यसअघि फिल्मका दुवै सिक्वेल हिट भएका थिए ।
उक्त चलचित्रको पोस्टर —