Home Login
खेलकुद

प्रथम मोन्तिजो कप २०२५ को तयारी अन्तिम चरणमा

युरोपाटी संवाददाता—

युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ।

रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए।

अध्यक्ष भट्टराईका अनुसार, २०२३ मा स्थापना भएको समाजले पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको र यस खेलकुद प्रतियोगिताबाट भाईचारा र सद्भाव समेत बढाउने विश्वास रहेको बताएका छन्।

मोन्तिजो समाजको आयोजना हुन भएको उक्त खेलकुद प्रतियोगिता प्रथम हुनेले ३ हजार ५ सय युरो सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २ हजार  युरो सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

अप्रिल २० तारिख हुने उक्त खेलकुद प्रतियोगितामा मन्तिजोबाट २ टिम सहित १८ टिम रहने अपेक्षा गरेको छ । त्यस्तै खेलको टाईसिट  १८ तारिक गर्ने भएको हो ।

आयोजकले बताए अनुसार उक्त ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको  लागि टिम दर्ता बन्द भइसकेको आयोजकले जानकारी दिएको छ।

उक्त खेलकुद प्रतियोगितामा खेलाडीहरूको हौसलाको लागि नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा समेत पोर्चुगल आउँने भएकी छिन् ।

एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेको चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २०, २१ तारिख प्रदर्शन हुन गइरहेको चलचित्रको लागि, चलचित्र प्रमोसनमा पोर्चुगल आउँन लागेकी हुन् ।

Leave a Reply