काठमाण्डौ । आज देखि काठमाण्डौमा शुरु हुने गैर आवासीय नेपाली संघ NRNA ICC को महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गरेकी छिन् ।
अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारीले उनलाई समर्थन गरि प्रस्तावक नै वसेर सहयोग गर्नुभएको छ।
अर्का प्रस्तावक विष्णु वानिया (जापान) तथा समर्थक गगन गुरुङ र सुरेश कोइरालाले पनि सहयोग गर्नुभएको छ।
थापा भन्नु हुन्छ : मैले छोटो अवधिमा कार्यकारी अध्यक्ष रहँदा मैले गरेको काम यहाँहरु सवैलाई अवगत नै छ । १ कार्यकाल पूर्ण अवधिकाम गरेर एनआरएनएलाई नयाँ उचाईं दिने मेरो प्रतिवद्दता छ। आफ्नो अमूल्य मत दिई मलाई अत्यधिक मतले विजयी वनाउनुहुन हार्दिक अनुरोध गर्दछुँ।
Please follow and like us: