Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको अधिवेशन सम्पन्न

म्याड्रिड — गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आठौं अधिवेशन जुलाई ६ आइतवार सम्पन्न भएको छ । केन्द्रीय पर्यबेक्षक तथा गैर आवासीय नेपाली संघ स्पेनका बरिष्ठ उपाध्यक्ष रोशन पाठकका अनुसार सर्बसम्मत कार्यसमिति निर्बाचित भएको हो ।

नव निर्बाचित कार्यसमितिलाई रोशन पाठकले बधाई तथा शुभकामना दिदै समाजलाई एकजुट बनाएर अगाडी बढाउने आशा ब्यक्त गर्नु भएको थियो  ।

गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष पेशल कुमार कोइरालाले थापाको अध्यक्षतामा नव निर्बाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकाल सफलताको शुभकामना समेत दिनु भएको थियो ।

२०२५- २०२७ कार्यकालको लागी बर्तमान उपाध्यक्ष हर्क बहादुर थापाको अध्यक्षतामा निर्बाचित कार्यसमितीको उपाध्यक्षमा आसिस सुवेदी उपाध्य र सुवास क्षेत्री, सचिवमा शुभद्रा तामाङ, कोषाध्यक्षमा बिनोद कार्की, महिला संयोजकमा पवित्रा ठोकर तामाङ, युवा संयोजकमा मनिस गुरुङ, सदस्यहरु खेम पुन मगर, लक्ष्मी तामाङ, रोहन कंडेल निर्बाचित हुनु भएको हो ।

Leave a Reply