Home Login
बेल्जियम

बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन अगस्ट ४ तारिख हुने

बेल्जियम — बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन आउँदो अगस्ट ४ तारिख हुने भएको छ । स्थापनाकालदेखि नै सक्रिय रहेको बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन ‘Brusselsestraat 42/B, 3000 Leuven’ मा ११: ३० बजे देखि हुने भएको संस्थाका महासचिव प्रभात पौडेलले बताउनुभयो ।

अधिवेशनमा वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालको प्रमुख अतिथि रहने भएको हो । संस्थाले बेल्जियम स्थित विभिन्न संघ संस्थाका प्रमुखहरुलाई निमन्त्रणा पत्र पठाइसकेको प्रचार प्रसार समितिका संयोजक दिपक सापकोटाले गराउनु भयो ।

सन् २००९ मा बेल्जियमको कानुन अनुसार दर्ता गरि विधि विधान अनुसार संचालित उक्त संस्थाका संस्थापक अध्यक्ष श्रीप्रसाद सापकोटा, दोस्रो कार्यकाल देवु पौडेल, तेस्रो कार्यकाल गंगा शर्मा, चौथो कार्यकाल राजु थापाले सम्पन्न गर्नु भयो भने पाँचौ कार्यकाल महेन्द्र पन्तले समापन गर्दै छौठौ अधिबेशन गरि नयाँ कार्यसमितिलाई सम्पूर्ण कार्यभार सुम्पिने जानकारी गराउनु भयो ।

रोजगारी तथा अध्ययनको सिलसिलामा बेल्जियम पुगेका बागलुङ घर भएका नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्दिनको लागि समेत संस्थाले अनुरोध गरेको छ ।

Leave a Reply