Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए पोर्चुगल : नयाँ नेतृत्वको शपथग्रहण कार्यक्रम सम्पन्न

दीपक भण्डारी

पोर्चुगल — दीपा काफ्लेले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शनिबार राजधानी लिस्बनमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शपथग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक गम्भीरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

उनले नवनिर्वाचित अध्यक्ष दीपा काफ्लेसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन्। समारोहमा एनआरएनएका केन्द्रीय सचिव तिलकप्रसाद गैरे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व अध्यक्ष तथा पुर्व पर्यटन दुत रमेश गुरुङ,  जनसम्पर्क मञ्च पोर्चुगलका सभापति युवराज पन्थी, जन-प्रगतिशील मञ्चका निवर्तमान वरिष्ठ उपाध्यक्ष रेशम बस्नेत, एनआरएनए युरोप उपसंयोजक माधव पोखरेललगायतको उपस्थिति रहेको थियो ।

गत जुलाई ६ तारिख आइतबार लिस्बनमा सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा दीपा काफ्ले र अशोक जोशी कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

नवगठित कार्यसमितिमा उपाध्यक्षहरू प्रेमबहादुर बुढप्रीथी, गणेश गुरुङ, शिवराज राई, सुदन निउरे, नृपेश गिरि, विष्णुबहादुर घर्ती र सरस्वती खनाल तिमिल्सिना चयन भएका छन् । महिला उपाध्यक्षमा पेम डोल्मा शेर्पा, महासचिवमा गोविन्द बुढाथोकी र सचिवहरूमा सुरज भण्डारी, पुष्करराज जोशी र सुवास पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा  अशोक जोशी, सह–कोषाध्यक्षमा प्रभा अधिकारी, महिला संयोजकमा खगिसरा न्यौपाने, युवा संयोजकमा पेम्बा शेर्पा र लेखा संयोजकमा सुरेश गिरी चयन भएका छन् । सदस्यहरूमा ज्ञानेन्द्र आचार्य, सुनिल कुमार तिमिल्सिना, भवानी शंकर कँडेल, हरि देवकोटा, दीपक भण्डारी, कविता गेलाल, दिनेश पौडेल, विनोद केसी, सुवास आचार्य र नरिश न्यौपाने रहेका छन् ।

त्यसैगरी, आइसिसी सदस्यहरूमा राजकुमार गुरुङ, विनोद बुढाथोकी र सरिता शर्मा निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमका वक्ताहरूले नवनिर्वाचित टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष दीपा काफ्लेले संस्थाको आगामी कार्यदिशाबारे धारणा राख्दै संस्थागत सुदृढीकरण, प्रवासी नेपालीहरूको हकहितको संरक्षण तथा नेपालसँगको सम्बन्ध मजबुत बनाउने पक्षमा जोड दिइन् ।

शपथ समारोहमा निवर्तमान पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो । विगत कार्यकालमा संस्थालाई अगाडि बढाउन योगदान दिएका तत्कालीन अध्यक्ष दीपा काफ्ले, तत्कालीन कावा महासचिव दिपेश विक्रम बिष्टसहित सम्पूर्ण टोलीलाई सम्मान प्रकट गरिएको थियो । निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा संयोजक गुरुङ नेतृत्वको निर्वाचन समिति र त्यसमा संलग्न सबैप्रति विशेष आभार व्यक्त गरिएको थियो ।

Leave a Reply