Home Login
गैरआवासीय नेपाली संघ

बमबहादुर जिसी नेतृत्व एनआरएनए पोर्चुगलको पहिलो बैठक सम्पन्न

लिस्बन — डा. बद्री केसी पक्षतर्फ रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व नवगठित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठक पोर्चुगलको राजधानी लिस्बनस्थित आरोइसमा रहेको संघको कार्यालयमा आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष बमबहादुर जिसी (किसान काजी), लगायत सम्पूर्ण कार्यसमिति पदाधिकारी लगायत प्रतिनिधिहरू तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बैठकमा नवगठित टोलीबीच आपसी चिनजान, भावी योजना, र संगठनको प्रभावकारी सञ्चालनका विषयमा व्यापक छलफल गरिएको थियो । सहभागीहरूले संगठनलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउँदै नेपाली समुदायको हितमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै, बैठकमा अध्यक्ष जिसीले नेपाली समाजलाई एकीकृत र संगठित बनाउने दिशामा विशेष ध्यान दिने समेत बताउनु भयो । साथै, उहाँले आपतकालीन अवस्था र बिपद् व्यवस्थापनलाई अझै प्रभावकारी बनाउने हेतुले विज्ञहरूसँग परामर्श गर्दै योजना अघि बढाउने समेत बताउनु भयो ।

बैठकले आगामी दिनहरूमा संघको औपचारिक बैठक हरेक महिनाको पहिलो आइतबार नियमित रूपमा बस्ने निर्णय पनि गरेको छ ।

Leave a Reply