Home Login
AIMA News

अक्टोबरमा सकिने आवासीय अनुमतिपत्र नवीकरणका लागि अनलाइन पोर्टल खुला

पोर्चुगल (लिस्बन) — पोर्चुगलको एकीकरण, आप्रवासन तथा शरणार्थी एजेन्सी (एआईएमए) ले अक्टोबर २०२५ मा आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद सकिन लागेका विदेशी नागरिकहरूका लागि अनलाइन नवीकरण प्रक्रिया सुरु भएको घोषणा गरेको छ ।

एआईएमएले सेप्टेम्बर २२ तारिख, सोमबार, आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत एक सूचना प्रकाशित गर्दै नवीकरणका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएको हो । सम्बन्धित व्यक्तिहरूले अब एजेन्सीको आधिकारिक नवीकरण पोर्टल portal-renovacoes.aima.gov.pt मा गई आफ्नो आवासीय अनुमतिपत्र नवीकरणका लागि आवेदन दिन सक्नेछन् ।

यो नयाँ प्रणालीले पोर्चुगलमा रहेका हजारौं आप्रवासीहरूलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । पहिले अपोइन्टमेन्टका लागि लामो समय कुर्नुपर्ने र प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्था थियो, तर अब अनलाइन प्रणालीले यसलाई सहज र छिटो बनाउने विश्वास लिइएको छ ।

सूचना अनुसार, यो अनलाइन सुविधा विशेष गरी ती व्यक्तिहरूका लागि हो जसको आवासीय अनुमतिपत्रको म्याद अक्टोबर १ देखि अक्टोबर ३१, २०२५ को बीचमा समाप्त हुँदैछ ।

Leave a Reply