धादिङको खरी आसपास केन्द्रविन्दु बनाएर भुकम्प

धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो । यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति पुगेको थियो भने पहिरो समेत गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *