पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला झापा दमक न.पा. वडा नं . ११ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ सानागाँउ बस्ने बर्ष ४५ की  बुद्ध पंचकोटीले सागर लामिछानेलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनेर पक्राउ परेका हुन् ।

ठगले प्रतिव्यक्ति रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ ) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा  काम लगाइदिन्छु, मासिक रु. १,२०,०००/-( अक्षेरुपी एक लाख बीस हजार रुपैयाँ )  तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ७,०५,०००/- (अक्षरुपी सात लाख पाँच हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बुद्ध पंचकोटीको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।१० गते अं. १४:१५ बजेको समयमा जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. १० ग्राण्डी अस्पतालबाट पक्राउ गरीका छन् ।

 थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,काठमाण्डौं पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *