Home Login
प्रवास

ट्रेभी फाउन्टेन घुम्न अब शुल्क लाग्ने : पर्यटक व्यवस्थापनका लागि नयाँ नियम

रोम (इटाली) — इटालीको ऐतिहासिक र कलात्मक पहिचानको प्रतीक मानिने प्रसिद्ध ट्रेभी फाउन्टेन अवलोकन गर्न अब आगन्तुकहरूले शुल्क तिर्नुपर्ने भएको छ । जनवरी ७ देखि लागू हुने गरी, रोम आउने पर्यटकहरूले यो सम्पदा नजिकैबाट हेर्नका लागि २ युरो प्रवेश शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

पर्यटन तथा प्रमुख कार्यक्रम विभागका काउन्सिलर एलेसान्ड्रो ओनोराटोको प्रस्तावलाई नगरपालिका प्रशासनले अनुमोदन गरेसँगै यो नयाँ नियम कार्यान्वयनमा आएको हो ।

यसअघि नि:शुल्क रहेको यो पर्यटकीय स्थलमा अब सीमित र व्यवस्थित पहुँच हुने अपेक्षा गरिएको छ । रोमको नगरपालिका प्रशासनले यसलाई कलात्मक सम्पदा जोगाउने र दिगो पर्यटन प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण योजनाको रूपमा व्याख्या गरेको छ ।

Leave a Reply