Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /var/www/vhosts/europati.com/httpdocs/wp-includes/functions.php on line 6121
पोर्चुगलमा प्रथम क्रिसमश कप प्रतियोगिता हुँदै - europati
Home Login
खेलकुद

पोर्चुगलमा प्रथम क्रिसमश कप प्रतियोगिता हुँदै

लिस्वन । क्रिसमशको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमश कप नाम दिइएको छ ।

आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु फुटबल क्लबका संयोजक कमल खड्काले जानकारी दिए ।

उनका अनुसार १२ टिमलाई चार समुहमा विभाजन गरिने छ र प्रत्येक समुहबाट उत्कृष्ट दुइ टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछ । लिग चरण र क्वाटरफाईनलका प्रत्येक खेल १५-१५ मिनेटको हुनेछ भने सेमिफाईनल र फाइनल २०-२० मिनेटको हुनेछ ।

प्रतियोगिताको विजेताले २ हजार ५ सय युरो र उपविजेताले १ हजार २ सय पचास युरो पाउनेछ भने, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र फेयर प्ले विधामा पनि पुरस्कार प्रदान गरिने खड्काले जानकारी दिए ।

गोलनेपाल डककमबाट प्रत्यक्ष प्रसारण हुने र यसैगरी आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालको लोकप्रिय फुटबल पोर्टल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

पहिलो पटक नेपाल बाहिर नेपाली समूदायले आयोजनका गरेको कुनै पनि प्रतियोगिता नेपालको एक लोकप्रिय फुटबल पोर्टलबाट प्रत्यक्ष प्रसारण हुन लागेको हो । यसले प्रतियोगिताको लोकप्रियता र प्रतियोगिताको विश्वव्यापीकरणमा ठूलो सहयोग पुग्ने आशा गरिएको आयोजक खड्काले जानकारी दिए ।

Leave a Reply