Home Login
प्रवास

नेपाली पासपोर्टको विश्व वरियाता सुचक बढ्यो

पोर्चुगल — नेपालको पासपोर्ट सूचकांक अंकमा सामान्य सुधार देखिएको छ । गतहप्ता सार्वजनिक गरिएको हेन्ली पासपोर्ट ईन्डेक्सको पछिल्लो वरीयतामा नेपाल ९५औँ स्थानमा पुगेको छ । गत वर्ष नेपाल १०१औँ र २०२४ मा १०३औँ स्थानमा थियो, जसले क्रमश ; सुधारको प्रवृत्ति देखिएको छ । यस सूचकांकअनुसार, पासपोर्टधारकले पूर्व–भिसा बिना कति गन्तव्यमा यात्रा गर्न सक्छन् भन्ने आधारमा मूल्याङ्कन गरिन्छ । हाल नेपाली पासपोर्टले करिब ३५ वटा गन्तव्यमा भिसा–मुक्त वा आगमनमा भिसा भिष अन अराईभल सुविधा प्रदान गर्छ ।

दक्षिण एसियामा माल्दिभ्सको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएको छ । त्यसपछि भारत, भुटान र बंगलादेश छन् । नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहे पनि अन्य केही क्षेत्रीय देशहरूभन्दा केही पछि छ । विश्वस्तरमा सिंगापुरले १९५ गन्तव्यमा भिसा–मुक्त पहुँचसहित सबैभन्दा शक्तिशाली पासपोर्टको स्थान कायम राखेको छ । जापान दोस्रो स्थानमा छ भने दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन र फिनल्यान्ड उच्च स्थानमा रहेका देशहरूमा पर्छन् ।

हेन्ली ईन्डेक्स लाई विश्वव्यापी आवागमनको सबैभन्दा आधिकारिक सूचकहरूमध्ये एक मानिन्छ । यो सूचकांक अन्तर्राष्ट्रिय हवाई यातायात संघको विशेष तथ्यांकमा आधारित छ र ग्लोवल मोविलीटिको अनुसन्धानले थप पूरक गरेको छ । आवागमन तथ्यांकसँगै विश्व बैंकको जीडीपी जस्ता आर्थिक सूचकहरू समेटेर पासपोर्टको शक्ति र आर्थिक सामर्थ्यबीचको सम्बन्ध पनि देखाइन्छ ।

सुधार सकारात्मक संकेत भए पनि नेपालको पासपोर्ट अझै विश्वस्तरमा तल्लो श्रेणीमै रहेको छ, जसले यात्रा स्वतन्त्रतामा अझै चुनौती रहेको देखाउँछ । विश्लेषकहरूका अनुसार निरन्तर कूटनीतिक सक्रियता, सुदृढ द्विपक्षीय सम्झौता र आर्थिक वृद्धिले आगामी वर्षहरूमा यात्रा स्वतन्त्रता सुधार्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

यसैगरी, पछिल्लो ईन्डेक्स नेपाल विश्वस्तरमा १२१औँ स्थानमा छ । यो सूचकांकले पासपोर्टको आवागमन क्षमता र आर्थिक सामर्थ्यलाई संयुक्त रूपमा मूल्याङ्कन गर्छ । उक्त सूचकांकअनुसार, नेपाली पासपोर्टले करिब ३५ गन्तव्यमा पहुँच दिन्छ, जुन विश्वका करिब १५ प्रतिशत गन्तव्य बराबर हो ।

नेपालको हिस्सा विश्वको कुल जीडीपीको ०।०३९ प्रतिशत छ भने अंक ६ दशमलव ०३ प्रतिशत रहेको छ, जसले नेपालीहरूले भिसा बिना पहुँच पाउन सक्ने विश्व अर्थतन्त्रको हिस्सा जनाउँछ । दक्षिण एसियामा पासपोर्ट शक्तिमा ठूलो अन्तर देखिन्छ । माल्दिभ्स ६६औँ, भुटान १११औँ, भारत ११५औँ र नेपाल १२१औँ स्थानमा छन् । त्यस्तै, श्रीलंका १७२औँ, पाकिस्तान १७५औँ, बंगलादेश १७७औँ र अफगानिस्तान १७८औँ स्थानमा छन् ।

यो तथ्यांकले नेपाल र क्षेत्रकै सबैभन्दा शक्तिशाली पासपोर्ट माल्दिभ्सबीचको अन्तर देखाउँछ, तर नेपाल अझै केही दक्षिण एसियाली देशहरूभन्दा अगाडि रहेको पनि स्पष्ट गर्छ । सो ईन्डेक्सले परम्परागत आवागमन वरीयताभन्दा फरक रूपमा आर्थिक तौललाई समेत समेट्छ । नतिजाले आर्थिक आकार र यात्रा स्वतन्त्रताबीच बलियो सम्बन्ध देखाउँदै दीर्घकालीन रूपमा नेपालको वैश्विक आवागमन क्षमता सुधार्न निरन्तर आर्थिक वृद्धि र विस्तारित कूटनीतिक सम्बन्ध आवश्यक रहने संकेत गर्छ ।

Leave a Reply