अनिश्चतकालका लागि बन्द आइफिल टावर : फ्रान्स

ad1 ad1

फ्रान्स । फ्रान्स स्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ ।

टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ ।


तस्वीर स्रोत — ArchDaily

सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् । आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *