पोर्तुगलमा समस्याहरु धेरै छ तर समस्याको समधान खै ।

ad1 ad1

पोर्तुगल । नेपालमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस पार्टीले अहिले प्रवासमा रहेको नेपालीहरूलाई एकमुष्ट बनाउँने उद्देश्यले जनसम्पर्क समिति पोर्तुगलले शुक्रबार एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई संगठन बिस्तार बलियो र मजबुद बनाउनको लागि प्रवासमा रहेको जनसम्पर्क समितिले कार्यक्रम गर्दै आइरहेका छन् ।

शुक्रबार भएको कार्यक्रममा नेपालबाट कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), केन्द्रीय  सदस्य एवम् बाग्मती प्रदेश संसदीय दलको नेता तथा बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामा, कांग्रेस काभ्रे जिल्ला सभापति एवं बागमती प्रदेशको खानेपनी उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा तथा केन्द्रीय सदस्य नानुमाया बस्तोलाको उपस्थिति रहेको थियो ।

शुक्रबार भएको औपचारिक कार्यक्रम पछि नेपालबाट आएका अतिथिहरु बेल्जियम प्रस्थान गरेका छन्।

शुक्रबार भएको कार्यक्रममा पोर्तुगलमा भएका सबै संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सबै प्रतिनिधिहरुले पोर्तुगलमा भएको समस्याहरु अतिथिहरूलाई आफ्नो तर्फबाट गुनासो राखेका थिए । र केही अतिथिहरूले समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि उठाएका थिए।

पोर्चुगलमा भएको समस्याको समाधान गर्नको लागि नेपालमा पाल्नुभएका अतिथिहरुलाई हामी पनि आग्रह गर्न चाहन्छौं शुक्रबार उठाएका कुराहरू माथिल्लो निकाय सम्म पुर्‍याइदिनुहुनेछ भन्ने हामीले पनि विश्वास लिएका छौं ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *