सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि बिशेष कार्यक्रम गर्ने

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

९ वटा जिल्ला लाई समेटिएर स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले मार्च २४ तरिक आईतवारको दिन पोर्तुगलको राजधानी लिस्बनमा रहेको बेलाबिस्ता पार्कमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।कार्यक्रममा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहनेछ।

मार्च २४ तारिक बिहान ११ बजे बाट सुरु हुने कार्यक्रममा पोर्तुगलमा छरिएर बस्नु हुने नेपाली तथा पोर्तुगलमा रहेका संघ संस्थाहरु लाई समेत कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गरिएको सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *