मार्च १० को निर्वाचनपछि आप्रवासीलाई पोर्चुगलमा के हुन्छ ।

पोर्तुगल । अब पोर्चुगलमा चुनाव हुन जम्मा चार दिन मात्रै बाँकी छ। के तपाईँलाई अब पोर्चुगलमा चुनाव भइसकेपछि अब यहाँको कानुन परिवर्तन हुन्छ वा हुँदैन र परिवर्तन भएसँगै आप्रवासीलाई कडाई हुन्छ वा हुँदैन तपाईलाई के लाग्छ ।

 आज हामी यसै बारेमा चर्चा गर्नेछौँ।

चुनाव भइसकेपछि कुनै पनि देशमा आजको भोलि कुनै पनि नियमहरू परिवर्तन हुँदैन र नियमहरू परिवर्तन  गर्न केही समय लाग्ने छ ।

नियमहरू परिवर्तन हुने बित्तिकै आप्रवासीहरू पोर्चुगल आउन नपाउने भन्ने कुरा हुँदैन।  इलिगल्ली आउने आप्रवासीहरूलाई कडाई हुन सक्छ र लिगल्ली आउने प्रवासीलाई कडाई हुदैन ।

यदि तपाईँसँग सेन्जेन देशको भिसा छ र तपाईँ पोर्चुगल आउन चाहनुहुन्छ भने तपाईंले मज्जाले पोर्चुगल आउन सक्नुहुनेछ र तपाईं इलिगल्ली पोर्चुगल आउँदै हुनुहुन्छ भने पोर्चुगलको सीमा क्षेत्रहरु कडाई हुन सक्छ ।

अब पनि तपाईँ इलिगल्ली पोर्तुगल आउने सोच बनाइ राख्नुभएको छ भने कृपया एकचोटी सोच्नु होला र अहिले सेन्जेन देशहरूको भिजा लागिरहेको छ। एउटा सेन्जेन देशको भिसा लगाएर पोर्चुगल आउन सक्नुहुनेछ ।

यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ अथवा युरोपको अरु देशहरुमा हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोला किनकि यही मार्च १० तारिख निर्वाचन भइसके पछि यहाँको नियम कानुनहरु के कस्तो आउँछ र त्यही अनुसारले तपाईहरुले आफ्नो कदम चाल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *