चलचित्र ‘महाजात्रा’ पोर्चुगल लगायत युरोपेली देशमा पनि प्रदर्शन हुदै

ad1 ad1

पोर्चुगल । नेपालमा चैत ९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। हामीले जानकारी पाए अनुसार प्रदर्शनको मिति तयार भइसकेको छैन। नेप्स इन्टरटेनमेन्टले छिट्टै नै प्रदर्शनको मिति तयारी गर्ने बताएको छ।

पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ। डेनमार्क, आयरल्याण्ड, क्रोएशिया, साइप्रस, स्वीडेन, चेक गणतन्त्र, फ्रान्स, पोर्चुगल, स्पेन, बेल्जियम, पोल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड, माल्टा, नर्वे, लक्जम्बर्ग, जर्मनी, रोमानिया र अस्ट्रियामा पनि चलचित्र महाजात्रा प्रदर्शन हुने भएको हो ।


पोर्चुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरिसकेका छन् । समीक्षकले पनि उनको ‘जात्रा’ शृङ्खलालाई रुचाए ।

नेपालमा बन्ने गरेको सिक्वेलमा संवत ‘जात्रै जात्रा’ जत्तिको प्रसंशा कमै फिल्मले पाएका छन् । यसले अन्तर्राष्ट्रियबजार विस्तारसँगै बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यस चलचित्रमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *