रमेशराज भट्टराई र एलिना चौहानको होली हंगामा सार्वजनिक

युरोप । नेपाली गीत संगीत क्षेत्रमा एकपछि अर्को गर्दै दर्शकहरुलाई हिटमाथि हिट गीत संगीत दिँदै आइरहेको गायक रमेश राज भट्टराईले होली विशेष गीत बजारमा ल्याएका छन्।

गायक रमेशराज भट्टराईलाई बहुला गायक भनेर पनि चिन्ने गर्छन्। किनकि उनीले बहुला गीत बजारमा ल्याइसकेपछि दर्शक श्रोताले उनीलाई बहुला गायक भनेर चिन्ने गरेका थिए। अहिले बहुला गीत युटुबमा ८.७ मिलियन पटक दर्शकले हेरेका छन् । यो गीत आज भन्दा ६ बर्ष अगाडि बजारमा आएको थियो ।

गायक भट्टराईले यसभन्दा अघि पनि होली विशेष गीत बजारमा ल्याइसकेका थिए। र यसपालि पनि होलीलाई मध्यनजर गर्दै “होली हंगामा” गीत बजारमा ल्याएका छन्।

अहिलेका चर्चित गायिका एलिना चौहानले गायक  रमेशराज भट्टराईलाई स्वरमा साथ दिएकी छन् । रमेशराज भट्टराईको शब्द रहेको गीतमा संगीत

केशव बडुको रहेको छ । मारुनी डिजिटल बाट रेकर्डिङ भएको गीतलाई B Star Films ले भिडियो तयार परेको हो ।

उनीले यसभन्दा अगाडि निकालेको गीत भन साँइला भाग दुई “बिदाई भन साँइला” दशक श्रोताहरूले निकै नै मन पराएका थिए। र उनीले गाएका गीतहरू करोडौं क्लबमा पनि प्रवेश गरिरहेका छन्।

यस गीतको अडियो संगै भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा विजय पुन , स्मरिका ढकाल ,समरिका ढकाल र सुरेश कोली फिचर्ड छन् । प्रकाश खड्काको टिमले खिचेको भिडियोलाई बिक्रम चौहानले निर्देशन तथा सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियो एलिना चौहानको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गायक भट्टराईसँगै उनले आफ्नो छोरालाई पनि गायक बनाउने सपना पूरा गर्दै आइरहेका छन्। र गायक भट्टराईको छोरीले पनि उनी आफैले गाएको गीतहरूमा अभिनय गर्दै आइरहेकी छिन । तसर्थ गायक भट्टराईको सबै  परिवार कलाकारितामा आबद्ध रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *