पोर्तुगल । मार्च १ तारिख देखि प्रदर्शनमा आएको नेपाली चलचित्र अगस्त्य पहिलो र दोस्रो हप्तामा दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको थियो ।
नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा निर्माण भएको चलचित्रलाई डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा चलचित्र निर्माण भएको थियो ।
चलचित्र अगस्त्य पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल १ तारिक प्रदर्शन हुने भएको हो । चलचित्र अगस्त्य प्रदर्शन बिहान ११ बजेको सो रहेको छ ।
पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि चलचित्र अगस्त्य प्रदर्शन भएको छ ।
चलचित्र अगस्त्यको टिकट शुल्क १० युरो र (VIP) को लागि १२ र १५ युरो रहेको छ। आयोजक ब्राईट नेपालको अनुसार ,१० युरोको टिकट सिमित रहेको बताए ।
पोर्तुगलमा ब्राईट नेपालले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको ब्राईट नेपालले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
टिकटको लागि ब्राईट नेपालको www.brightnepal.com वेबसाइटमा गएर पनि तपाईँले टिकट लिन सक्नु हुनेछ वा तल दिएको सम्पर्क नम्बर +351-920217486 मा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ।
चलचित्र प्रदर्शन रुवा दो लोरेतो १५, लिस्बनमा हुने छ ।आयोजक ब्राईट नेपालको अनुसार पहिलो चोटि नेपाली फिल्मका लागि आफुले नै सिट रोज्न मिल्ने समेत व्यवस्था रहेको बताए ।
चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।
त्यस्तै रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ पनि यही अप्रिल १५ तारिख तारिख, बिहान ११ बजे प्रदर्शनमा आउँदै छ ।
कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो। रामबाबुले निर्माण गरेको सिनेमा ‘कबड्डी सिरिज र ‘जारी’लाई दर्शनले धेरै मन पराएका थिए ।