पोर्चुगल

भोलि शुक्रबार बायोम्याट्रिक गर्न आउने बारे जानकारी

पोर्चुगल। पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले मार्च २४ आइतबारबाट काम सुरु भइरहेको छ ।

मार्च २४ आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो ।

२९ तारिख भोलि अर्थात शुक्रबार ‘बायोम्याट्रिक’ का लागि मार्टिम मुनिजस्थित R.Jose Antonio Serrano, 1100-443, Lisboa मा उपस्थित हुनका लागि निम्न आवेदकहरुलाई हार्दिक अनुरोध गरिएको छ ।बायोम्याट्रिक विहान ८ देखि साँझ ६ बजेसम्म चल्नेछ ।

भोलिको लागि नामावली सार्वजनिक भएका आवेदकबाहेक अन्य महानुभावहरुलाई उपस्थित नहुन समेत अवैतनिक नेपाली महाबाणिज्यदुतले अनुरोध समेत गरेको छ । Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा मार्च २४ देखि संचालित राहदानीको जैविक तथ्यांक संकलन भोली देखि मार्टिम मुनिजस्थित R. Jose Antonio Serrano,1100-443, Lisboa मा संचालन हुने भएको हो ।

राहदानी नविकरणका लागि सक्कल राहदानी र नागरिकता आवश्यक पर्नेछ भने हराएको हकमा सक्कल नागरिकता, हराएको राहदानीको प्रतिलिपी तथा प्रहरी ‘रिपोर्ट’ अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ ।

यस्तै नागरिकता हराएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख साथमा ल्याउनुपर्नेछ ।

बालबालिकाको नयाँ राहदानी बनाउनुपरेमा जन्मदर्ता, बाबुआमाको विवाह दर्तासँगै उनिहरुको नागरिकता र राहदानीको प्रतिलिपीको साथमा ‘कन्सुलेट कार्ड’ अनिवार्य ल्याउनुपर्नेछ भने नविकरणको हकमा नाबालक परिचयपत्रसँगै बच्चाको राहदानी, जन्मदर्ता, बाबुआमाको विवाह दर्ता र नागरिकताका कागजातहरु आवश्यक पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *