महाबाणिज्य दूतावासको आयोजनामा २५६८ औँ बुद्धजयन्ती सम्पन्न

पोर्तुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजना एवं गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगल, नेपाल आदिवासी जनजाति महासंघ र नेप्लिज वुमेन एशोसिएशनको सह–आयोजनामा हिजो अर्थात २३ मे का दिन पोर्चुगलको राजधानी लिस्वनमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको स्मरण गर्दै २५६८ औँ बुद्धजयन्ती धुमधामका साथ मनाईएको छ ।

यहाँस्थित सम्पूर्ण संघ संस्था, नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवि, लामा गुरु, संचारकर्मी लगायत सम्पूर्ण महानुभावहरु भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ–आफ्नो समुदायको भेषभूषामा उपस्थित भई शोभा यात्रालाई भब्य र आकर्षक बनाइदिनुभएकोमा ‘२५६८ औँ बुद्ध जयन्ती’ मुल आयोजक समारोह समितीलाई महाबाणिज्य दूतावासले हार्दिक धन्यवाद ज्ञापन समेत दिएको छ । 

। कार्यक्रममा पञ्चेबाजाको रौनक थपिदिनुभएकोमा बागलुङ समाज पोर्चुगलप्रति महाबाणिज्य दूतावासले हार्दिक आभार व्यक्त गरेको छ । यस्तै सो अवसरमा फलफूल, पानी, फर्निचर लगायतका सामाग्री सहयोग गर्नुहुने दर्शन नेपाल स्टोर, सागर लामिछाने, सन्तोष साइवर, लिगल सपोर्ट, मितेरी रेष्टुरेन्ट, नियाल्प, पूजा लामा, यान्जी शेर्पा एवं छम्जी शेर्पा, दिल कुमारी घिसिङ, ग्रिन एण्ड चिल रेष्टुरेन्ट, दियालो रेष्टुरेन्ट एवं आँगन रेष्टुरेन्ट लगायतका सम्पूर्ण सहयोगी हातहरुप्रति महाबाणिज्य दूतावासले आभार व्यक्त गरेको छ।

महाबाणिज्य दूतावासले आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग मिल्ने अपेक्षा राख्दै सभ्य समाज निर्माणमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *