राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी डेनमार्कमा सम्मानित

डेनमार्क । राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

साबित्रा भण्डारी जसलाई साम्बा भनेर चिनिन्छ, उनी एक नेपाली प्रोफेसनल फुटबल खेलाडी हुन् जसले डिभिजन एक फेमिनाइन क्लब एन अवान्त गुइङ्गाम्प र नेपाली महिला राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छीन ।

नेपाली समुदायलाइ एक आपसमा जोड्ने उद्देश्यका साथ २०२३ मा स्थापना भएको अन्नपुर्ण फुटबल कल्बका सह सचिव सन्तोष भण्डारी ले नबिन खबरलाइ दिएको जानकारी अनुसार सम्मान कार्यक्रममा डेनमार्कमा जुझारु युवाहरुको उपस्थिती रहेको थियो ।

आफुलाइ युरोपमा यस किसिमको सम्मान पहिलो पटक मिलेको खेलाडी साबित्रा भण्डारीको भनाइ थियो ।उनले परदेशी नेपालीहरुको यो मायाले आफु धेरै खुशी भएको बताइन । कार्यक्रमा उपस्थित युगल घलेले नेपाली राष्ट्रिय गहना खेलाडीसंग परदेशी भुमीमा यसरि भेटघाट र अन्तर्क्रिया कार्यक्रम गर्नाले हामीलाइ पनि कामका अलवा खेलकुदमा पनि समय छुट्टयाउन पर्छ भन्ने थप उर्जा मिलेको बताएका थिए ।

तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *