नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा तीज विशेष कार्यक्रम हुदै ।

पोर्चुगल । पोर्चुगलमा महिलाहरूको एक सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको अबसरमा सेप्टेम्वर १ तारिख आईतवार तिज विशेष कार्यक्रम हुने हुने भएको छ ।

कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको मुटु मानिने मार्टिमुनिज पार्कमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्।

स्वदेशमा मात्र नभई विदेशमा पनि महिलाहरूको संख्या निकै नै बढ्दै गइरहेको क्रममा महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर महिलाहरूलाई नै लक्षित यस कार्यक्रममा सम्पूर्ण पोर्चुगलमा रहनुभएका नेपाली महिला दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा समेत गरेको समाजकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्।

कार्यक्रम सभ्य तरिकाले सम्पन्न गर्नको लागि सम्पूर्ण संघ-संस्थाहरूलाई आग्रह समेत गरेको समाजकी महासचिव मोनिका भुषालले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *