अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको औपचारिक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रममा सभापति रेशम बहादुर लामाले कार्यक्रमको समापन गरि कार्यक्रममा सम्पन्न भएको थियो ।

एलिया लिम्बु ।
साइप्रस । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित The Noodles House Restaurant मा ४ अगष्ट २०२४ आइतवारका दिन सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको अध्यक्ष रेशम बहादुर लामाको सभापतित्वमा गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिसद साइप्रसका अध्यक्ष राधा पोख्रेलको प्रमुख अतिथितामा र विशिष्ट अथिति अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसका प्रमुख तथा संयोजक युवराज तामाङ,विशिष्ट अथिति चितवन सेवा समाज साइप्रसका सल्लाहकार जसु पुन मगर ,विशिष्ट अथिति तमु सेवा समाज साइप्रसका अध्यक्ष बाला गुरुङ समाजसेवी बिना थापाको विशेष प्रमुख अतिथितामा,अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष प्युष लामा (नेगि)ले राखेका थिए भने संस्था कसरी स्थापना भयो र के-का लागि स्थापना गरियो र यसले भावी दिनमा के कस्तो काम गर्ने छ भन्ने विषयमा संयोजक युवराज तामाङले स्पस्ट परेका थिए

त्यसैगरि अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटिले आगमी दिनमा के कस्तो काम गर्नेछ ,सेफ भनेको के-हो , पकाउने सीपलाई किन Art को रुपमा लिइन्छ ,कुक पेशा साइप्रसमा रहेका नेपालीहरुका लागि र बिश्वभरि छरिएर रहेका नेपालीहरुको लागि किन महत्वपुर्ण छ र रहने छ ,सेफ सोसाइटि साइप्रस अन्तर्राष्ट्रिय बजारमा कस्तो तवरले अघि बढ्दै छ र अन्य धेरै महत्वपुर्ण विषयमा संस्थाका उपाध्यक्ष सेफ रेशम पान्डेले स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ साइप्रस ,किरांत राई यायोख्खा साइप्रस ,नेपाल तामाङ घेदुङ साइप्रस ,किरांत याक्थुम चुम्लुङ साइप्रस ,चितवन सेवा समाज साइप्रस ,तमु सेवा समाज साइप्रस ,सुदुरपश्चिमेलि सेवा समाज साइप्रस,शेर्पा किदुग साइप्रस र Hyolmo एकता साइप्रस लगायत बिभिन्न संघ -संस्थाका प्रतिनिधिले आ-आफ्नो बिचारहरु समेत प्रस्तुत गरेका थिए ।

नेपालीपन झल्काउने नेपाली खानाको मेनु तयार गरि ‘एक टुक्रा स्न्याक्स’को रुपमा सेफ राम पाख्रिन र सेफ पशुराम राईले नेपाली स्वादिष्ट खानाका परिकारहरु तयार पारेका थिए । यस कार्यक्रमको सम्पुर्ण ब्यबस्थापन कोषाध्यक्ष सेफ लाल बहादुर बुढा मगरले गरेका थिए।

सेफ सुमन पाण्डेले बिभिन्न तवरले टिकटक र सोसल मिडिया मार्फत सोसाइटिको कार्यक्रम सफल बनाउन अतुलनीय भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा सेफ हरि राम घिमिरेले महत्वपुर्ण सुझावहरु राख्दै सभापति रेशम बहादुर लामाले कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रम सञ्चालक नबिन चौलागाइ र गोपाल प्रसाद तिमल्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *