नर्वेमा दशैं कप २०२४ हुँदै

नर्वे । युरोपली मुलुक नर्वेमा दशैं कप २०२४ हुने भएको छ।युनाइटेड ब्रदर्स नर्वे द्वारा आयोजित यस दशैं कप २०२४ सेप्टेम्बर १५ तारिख हुने भएको छ।

Grorud kunstgress oslo नर्वेमा हुने यस खेलमा सहभागी हुनको लागि प्रवेश शुल्क २५०० क्रोन रहेको छ ।

खेलमा प्रथम स्थान विजेतालाई १२००० क्रोन, ट्रफी, प्रमाणपत्र, र पदक र उपविजेतालाई ७००० क्रोन, ट्रफी, प्रमाणपत्र, र पदक दिइने छ भने उत्कृष्ट खेलाडीलाई १००० क्रोन, व्यक्तिगत पुरस्कार तथा उच्चतम गोलकर्तालाई ५०० क्रोन, व्यक्तिगत पुरस्कार र उत्कृष्ट गोलकिपरलाई ५०० क्रोन, व्यक्तिगत पुरस्कार दिइने भएको हो।

त्यस्तै म्यान अफ द म्याच (फाइनल) व्यक्तिगत पुरस्कार र फेयर प्ले टोली पुरस्कार समेत दिइने भएको हो।

खेल प्रेमी दर्शकहरूको लागि सेप्टेम्बर १५ तारिखका दिन उपस्थित भइदिनको लागि आयोजकले आग्रह समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *