अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिको अधिवेशन सम्पन्न

पोर्चुगल।

अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले विशेष अधिवेशन सम्पन्न गरेको छ ।

कार्य्रकममा समाजका अध्यक्ष कमल खड्काको अध्यक्षता र केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा गैर आवसिय नेपाली संध पोर्चुगलका अध्यक्ष उमेश खड्काले एनआरएन पोर्चुगलले गरेको कामको फेहरिस्ता बताउदै भविष्यमा आफुले अन्तर्राष्ट्रिय नेपाली समाज रोज्ने बताए ।

समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले नेपाल र नेपालीको लागि छ ओटा महादेश र एक सय तेईस देशमा रहेर इन्सले विभिन्न क्षेत्रमा गरेको सहयोगको संक्षेपीकरण गरेका थिए ।

अधिवेशनले समाजसेवी तथा सामाजिक अभियान्ता सूर्य खड्काको नेत्रित्वमा त्रिपन्न सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । यसैगरी सुरज पौड्यालको नेत्रित्वमा ७ जनाको सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यसमितिको पहिलो वैठकले पोर्चुगलमा सक्रिय सम्पूर्ण संघसंस्थाका अध्यक्षहरूको पनि एउटा समिति हुने परिकल्पना गरेको छ ।

कार्यक्रममा आसिसि सदस्य द्वय राजकुमार थापा र बिनु बस्नेत, जनप्रगतिशील मञ्चका अध्यक्ष सीता ढकाल सुवेदी, जनसम्पर्क मञ्च पोर्चुगलका अध्यक्ष युवराज पन्थि, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिपक खत्री, तमु समाजका अध्यक्ष मिलन गुरूङ, तामाङ समजका अध्यक्ष गोपाल योन्जनलगायत सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

नवनिर्वाचित सल्लाहाकार हेम सुबेदीले सन्चालन गरेको कार्यक्रममा विभिन्न गीत तथा नृत्य पनि प्रस्तुत गरियको थियो ।

कार्यक्रममा उपस्थित पर्यवेक्षकका अनुसार यति धेरै सक्रिय युवा सहभागीभएर यस्तो शान्त, सौम्य, सालिन तथा सहमतिगरी पोर्चुगलमा समापन भएको यो पहिलो कार्यक्रम हो ।

पोर्चुगलको राजधानी लिस्बनमा रहेको हाम्रो चौतारी नामक रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *