पत्रकार महासंघको केन्द्रीय समितिका उम्मेदवारी दर्ता असोजमा

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ ।

मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र जिल्ला समितिका लागि १० असोजमा मनोनयन दर्ता हुने शनिबार निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार शनिबार मतदाता नामावली सार्वजनिक हुनेछ ।

पत्रकार महासंघमा गत वर्षदेखि नेतृत्व चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *