अब हाँस्छ युरोप कार्यक्रम निरन्तर जारी

नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि अहिले युरोप टुर गरिरहेका छन् । अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् ।

३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र पोर्चुगलमा समेत कार्यक्रम  हुने भएको हो।

२ सेप्टेम्बरमा बेल्जियमको एन्टर्प, ६ सेप्टेम्बरमा जर्मनीको ह्याम्बर्ग, ८ सेप्टेम्बरमा फ्रान्सको पेरिस, १४ सेप्टेम्बरमा जर्मनीको फ्रयांकफर्टमा कार्यक्रम सकिएको छ।

१६ सेप्टेम्बरमा फिनल्याण्डको हेलसिन्की, २१ सेप्टेम्बरमा माल्टाको भेलिटा, २२ सेप्टेम्बरमा स्पेनको मड्रिड, २३ सेप्टेम्बरमा स्पेनको बार्सिलोना र ३० सेप्टेम्बरमा पोर्चुगलको लिस्बनमा कार्यक्रम हुने भएको छ।

अब हाँस्छ युरोप नर्वेको ओस्लो र डेनमार्कको कोपहेनगनमा पनि कार्यक्रम हुने आयोजकले बताए।

मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा यस  कार्यक्रमको आयोजना गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *