क्रोएसिया

नेपाली जन-प्रगतिशिल मंच युरोपद्वारा बाढि पिडितलाई सहयोग

जसमान दर्नाल —क्रोएसिया।

नेपालमा केही दिन अगाडि मात्रै आएको भीषण वर्षा र बाढीबाट पीडित नेपाली नागरिकलाई तत्काल राहत पुगोस भनेर युरोपमा बस्ने नेपाली कर्मठ युवाहरुको स्वइच्छाले प्रती ब्याक्ती नगद पचास हजारका दरले  आर्थिक सहयोग गरेका छन।

नेपाली जनप्रगतिशिल मन्च युरोप कमिटी अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष द्वय गङा भुसाल, लोक दहाल र महासचिव धर्मराज खतिवडाले उक्त नगद सहयोग आजै नेपाल पठाएका हुन।

पिडितलाई तत्काल केही राहत मिलोस भनेर आफुहरुले ब्याक्तिगत रूपमा नै नगद सहयोग गरेको कुरा मंचका महासचिव धर्मराज खतिवडाले बताए।

खतिवडाका अनुसार नेकपा माओवादी केन्द्रका नेता केन्द्रिय  ॐम शर्माको माध्यमबाट पीडितलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

मंचका वरिष्ठ उपाध्यक्ष समेत रहेका संगठन बिभाग प्रमुख गङ्गा भुसालका अनुसार यो रकम आपत्तकालमा राहात मिलोस भनेर पठाइएको हो। युरोपाटी सग कुरा गर्दै सहयोगी भुसालले भने ‘हामीले यो आपत टाल्ने सानो प्रयास मात्रै गरेका हौ,अझ ठूलो रासी भने मन्चका संगठित सदस्यबाट संकलन गरेर छिट्टै पठाउने छौँ’।भुसालको भनाइका अनुसार ‘न्युनतम दश लाख नगद सहयोग सरकारको खातामा पठाउने लक्ष्य राखेका छौं’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *