बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

ad1 ad1

सेप्टेम्बर २९ आइतबार।

भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन्।  

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो।  

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले बताए।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

अनिल रेग्मी। रासस

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *